हेटौंडा । नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी हुन् ।
उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेपछि विना विभागी मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त विना विभागीय मन्त्री मगरले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्