बातावरण प्रदूषणमा अहम भूमिका खेल्दै सहकारी सस्था, स्थानीयलाई मार

हेटौंडा टुडे
२६ श्रावण २०८१, शनिबार २१:१२

हेटौडा । बिगत केहि बर्ष देखि तपाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मक्रान्चुली आउनु भएको छ भने तपाईले यो ठाँउ आसपासमा वातावरण प्रदूषणको पक्कै महसुस गर्नु भएको नै होला । अझ भनौ मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मक्रान्चुली मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, डेरी चोक आउनु भयो भने नाक थुन्दै थु‍‌ –  थु गर्दै यो ठाँउ भएर ओहोर –  दोहोर गर्नु पर्ने र दैनिक जसो प्लास्टिकको थुप्रो संगै आगोको मुस्लो देख्न मात्र होईन स्वास प्रश्वास गर्न समेत गारो भएर दुर्गन्धले सास्ति पाएर हतार हतार बाटो काट्न पर्ने बाध्यतामा पनि पक्कै पर्नु भएकै होला ।

दैनिक रुपमा सहकारीले रोड छेउमै यसरी बाल्ने गरेको छ (फोटो )

 

मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा अवस्थित रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थाले स्थानीय सरकारलाई बेवास्था गरेको र सस्थाले संचालन गरेको उधोगले लापरवाहि गरेको स्थानीय बासीहरुले बताएका छन । सहकारीले  उधोग संचालन गर्दा उधोगबाट निस्कने प्रसोधित पानिले जथाबाबी स्थानीय बासीको खेत बारीमा पुग्ने गरि जथाभाबी फाल्ने गरेको तथ्य सावर्जानिक भएको छ ।

सहकारीले उधोगबाट निस्केको फोहोर पानि जथाभाबि खुला व्यक्तिको जमिनमा पानि छाडेको (फोटो )

सहकारीले उधोग संचालन गर्दा निस्कने गरेको प्रोसोधित फोहोर पानीलाई खुल्ला  रुपमा जंगलमा र स्थानीय बासीको खेत बारीमा पुग्ने गरि जथाभाबी  फ्याल्ने काम गरेकोले स्थानीय बासिन्दा र बिभिन्न सस्थाबाट लिखित तथा मैखिक रुपमा गुनासो आए पछी पालिकाले  सहकारी सस्थालाई नियम संगत उधोग संचालन गर्न र संविधानको मर्म अनुसार वातावरण प्रदूषण नहुने गरि सहकारीले उधोग संचालन गर्नु भन्दै पत्र काटेको थियो तर सहकारीले स्थानीय सरकारलाई नै बेवास्था गर्दै स्थानीय बासिन्दा र आम नागरिकको स्वास्थ्य माथिनै खेलवाड गरि जथाभावी रुपमा उधोग संचालन  गरिरहेको छ ।

किन गाउँपालिकाले नै सहकारीलाई पत्र काट्यो त ?

उधोगले बिगत लामो समय देखि उधोगबाट निस्केको प्रसोधित पानीलाई खुल्ला रुपमा नै जथाभावी फ्याल्ने गरेकाले सिंगो गाउँमा नै वातारण प्रदूषण भई रहेको थियो । यो प्रदूषणले गर्दा दैनिक जसो यो ठाँउमा ओहोर दोहोर गर्न किसानले मैखिक रुपमा नै टिका टिप्पणी र गुनासो गर्न गरेका थिए तर सहकारीलाई जति पटक जानकारी गराउदा पनि मतलब नगरे पछी यो बिषयमा ३ नम्बर वडा कार्यालय र पालिकामा लिखित तथा मैखिक रुपमा नै उधोग बिरुद् गुनासो परेको थियो पछी स्थानीय बासि र स्थानीय संघ सस्था र पालिकाको मातहतमा कार्यरत कर्मचारिले सहकारी सस्थाले फैलाएको दुर्गन्ध र  प्रदुषणका कारण केहि कर्मचारीले काम गर्न नसक्ने गुनासाे गरेपछी  पालिकाले नै सहकारी सस्थालाई पत्र काटेको थियो ।

 

कसरि गर्दै छ त सहकारीले वातारण प्रदूषण ?

सहकारीले दैनिक जसो उधोगबाट प्रसोधित पानीलाई दैनिक रुपमा सहकारी अगाडि रहेको रानी बनमा फ्याक्दै आईरहेको स्थानीय बासीको भनाई छ । सार्वजानिक बिदाको समय, सनिबार, मानिसको ओहोर दोहोर कम हुने समय , दिउसो मध्यान्हको समय , बर्षातको समय पारेर सहकारीले उधोगबाट निस्कने प्रसोधित पानीलाई जंगलमा र स्थानीय बासीको खेत बारीमा पुग्ने गरि जथाभाबि फ्याल्ने र अन्य केहि दीनहरुमा भने  सहकारीले आफुले डम्पिंङ्ग गर्ने गरेको ठाउँमा कहिले काही मात्र फ्याल्ने गरेको स्थानीय बासिन्दा बताउछन ।सहकारीले मानव स्वास्थ्यलाई हानी गर्ने प्लाष्टीकका झोला स‌गै दुध र दहीका प्याकेटहरु , मिनरल वाटरका बोतलहरु पिए पदार्थका लगाएतका  बोतलहरुमा दैनिक जसो सडक छेउमा आगो बाल्नाले आफुहरु घरमा बस्न पनि गारो हुने गरेको स्थानीयको भनाई छ ।

सहकारीले उधोगबाट निस्केको फोहोर बाल्नको लागि फोहोरको चाङ्गमा राखेको (फोटो )

 प्रदुषणका कारण दैनिक को – को पर्ने गरेको छन समस्यामा ?

मकवानपुरगढी गाउँपालिका वडा नम्बर –  ३ मकवानपुरगढी गाउँपालिकाको सदरमुकाम नै हो । यस ठाउँमा दैनिक रुपमा झन्डै एक हजार भन्दा बढी मानिसहरु ओहोर दोहोर गर्ने गर्दछन भने दैनिक जसो बिहान बेलुका पशुपालन गर्न किसानहरु दुध संकलनको लागि यस ठाउँमा आउने जाने गर्दछन । तर पनि सहकारीले स्थानीय बासिन्दा र किसानको स्वास्थ्य माथि गम्भीर लापरबाही गरेको र मानव स्वाथ्यलाई ध्यान नदिई जथाभाबी  रुपमा फाेहाेर पानी फ्याल्ने गरेकाे र  मानब शरीरमा हानी हुने प्लास्टिक बाल्ने गरेको स्थानीय बासिन्दा र किसानको गुनासो छ । ३ नम्बर वडा डेरी चोक अर्थात यस सहकारी नजिकै शनिबार बाहेक दैनिक रुपमा कार्यालय समय सुरु भए देखि साँझ सम्म मुख्य गरी मकवानपुरगढी गाउँपालिकाको मुख्य कार्यलय , ३ नम्बर वडा कार्यालय, नबिल बैक लिमिटेड, सामुदायिक स्वास्थ्य ईकाई मक्रान्चुली, श्रमिक साना किसान कृषि सहकारी सस्था लि , कालिका लघुवित्त वित्तिय सस्था, रेडियो मकवानपुरगढी, हिमाल महिला वहूधेया सहकारी सस्था, लगाएतका झन्डै एक दर्जन संघ सस्थाहरुमा आउने जाने कर्मचारीहरु तथा सेवा ग्राहीहरु र यस सहकारी आसपासमा रहेको होटल , कपडा पसल , सैलुन , किराना पसल , मासु पसल , मेडिकल , टेलर्स गरि झन्डै एक दर्जन स्थानीय पसलहरुमा आउने जाने  किसान र संगै स्थानियबासिहरु यस ठाउँमा भएको बातावरण प्रदुषणका कारण हैरानी व्यहोर्न परेको  नाम नबताउने सर्तमा एक सस्थाका कर्मचारी गुनासो गरेको छन ।  “हामीले सस्थाका सम्बन्धित व्यक्ति संग कति पटक लौन दुर्गन्धले मर्ने बेला भो कै त गर्नु यो ठाउँमा जागिर खान आउँ न नसक्ने भो यहाका स्थानीय कसरी बसेका होलान समाधान गर्न पत्याे” भन्दा वास्ता नै गर्नु हुन्न एक कर्मचारीले बताउनु भयो ।अर्का एक स्थानीय बासीका अनुसार बिगत झन्डै दुई वर्ष सहकारीको उधोगले गर्दा वातावरण प्रदूषणका भई हामीले बसाई नै सर्न पर्ने बाध्यता थियो तर हामीले हाम्रो कुरा नसुनेपछी गाउँपालिकामा गुनासो राखेपछी पालिकालेनै सहकारीले स्थानीयबाट गुनासो आयो व्यवस्थापन गर्नु होला भनेर पत्र काटेपछि सहकारीले उधोगबाट निस्केको दुर्गन्ध चै केहि हद सम्म व्यवस्थापन गरेको छ तर पनि बेला बेला हामीलाई झुक्काएर राति राति स्वास फेर्न नै गारो हुने गरि र कहिले काही चै बस्न नै नसकिने गरि दुर्गन्ध फैलने गरेको  एक स्थानीय बासीको भनाई छ । उनका अनुसार प्लास्टिक र प्लास्टिक जन्य पदार्थ चै दैनिक जसो सडक छेउमै बाल्नाले सहकारीमा दुध ल्याउने किसान , त्यस ठाउबाट ओहोर दोहोर गर्न स्थानीय बासिन्दा र आसपासको क्षेत्रमा रहेको सस्थामा काम गर्ने कर्मचारीहरुले चरम लापरबाही गरेको उनको गुनासो छ ।

सहकारीले रानी वनमा यसरि पाईप माध्यमाबाट फाल्छ पानि  (फोटो )

के भन्छन त सहकारी सस्थाका अध्यक्ष  ?
सहकारीबाट संचालन भएको उधोगबाट निस्केको प्रदुषित पानीका कारण जन स्थर बाट गुनासो आए पछी हेटौडा टुडेले अध्यक्ष अर्जुन प्रसाद दाहालसंग  कुरा गर्दा उनले उधोगबाट निस्केको पानीलाई प्रसोधित गर्ने र रि युज हुने गरि काम गर्न योजना सहित केहि ठाउँमा कार्यक्रमको योजना हालेको र आफुहरु नमुनाको रुपमा काम गर्ने गरु अगाडी बढेको र छिट्टै यो व्यवस्थापन गर्ने पनि दाहालले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*