घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने सामान्यले बढ्यो
हेटौंडा टुडे
२१ मंसिर २०८१, शुक्रबार १०:५८
हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।