भूटानी राजा नरेश काठमाडौँमा

हेटौंडा टुडे
२१ मंसिर २०८१, शुक्रबार ११:४०

हेटौंडा । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन  गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*