थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

हेटौंडा टुडे
२ माघ २०८१, बुधबार ११:३०

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका  रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

सो दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए । सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने  बताएका थिए ।

पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने गत बिहीबार रिहा भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*