
काठमाडौंबाट धनुषाको जटही आउन लागेको यात्रीबाहक बसमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । तत्काल मृत्युका कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिनुभयो ।
ढल्केबरमा सिटमै मृत फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ। बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


सेयर गर्नुहोस्