
हेटौडा । हेटौडामा सक्रिय रुपमा रहेको हिमालयन राईडर्स सोसाईटीले आईतबार मकवानपुर गढी- १ मा रहेको रानिबास एग्रो टुरिजम पार्कमा साईकल यात्रा सम्पन्न गरेको छ स्वास्थ्य,पर्यावरण,पर्यटन र खेलकुदको लागि साइकल भन्ने नारालाई बोक्दै अगाडी बढेको हिमालयन राईडस सोसाईटीले सनिवार साइकलको माध्यम बाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उधेश्सायका साथ हेटौडा – ६ चौघडा बाट मकवानपुर गढी- १ मा रहेको “रानिबास एग्रो टुरिजम पार्क” सम्म साइकल यात्रा गरिएको हो ।
हरेक हप्ताको सनिवार ओझेलमा परेका र पर्यटकीय ठाउ र सम्भावना बोकेका ऐतिहासिक, धार्मिक र सम्भाबित पर्यटकिय स्थलहरु लाई साइकलको माध्यम मार्फत प्रचार प्रसार गर्दै आएको यो सोसाईटीले सनिवार निर्माणाधिन अवस्थामा रहेको यो ठाउँ लाई साइकलको माध्यम बाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य साथ आईतबार यात्रा पुरा गरको हो । सनिवार बिहान १२ बजेदेखि सुरु भएको साइकल यात्रामा सहभागीहरु अपरान्ह ६ बजे पार्क आइपुगेका वडा नम्बर १ का वडा अध्यक्ष आईत सिह लो ले बताउनु भयो ।
साइकल यात्रामा मकवानपुर र बारा जिल्लाबाट २२ वर्षदेखि ७० वर्ष उमेर समूहका पुरुष, साइकलयात्रीहरुको सहभागी रहेको सोसाईटिका अध्यक्ष राजु थापा मगरले बताउनु भयो । हेटौडा बजार बाट २५ किलोमिटर रहेको यो ठाउमा हिमालय राईडर्स सोसाईटीका टिमहरु आउदा सारै खु:शी लागेको १ नंबर वडा का वडा अध्यक्ष अईत सीह लोले जानकारी दिनु भयो ।
साथै यो पार्कमा हाल निर्माणाधिन अवस्थामा रहेकाले अहिले बनभोजको लागि घुम्न डुल्नको लागि पर्यटक हरु आउने गरेको र यो साईकल यात्राले थप प्रसार प्रचारमा टेवा पुग्ने वडा वडा अध्यक्षले बताउनु भयो । साथै यो पार्कमा आउनका लागि ४ वटा सडक मार्गहरु रहेको र जसमा मकवानपुरगढी देखि पूर्व पट्टि ७ किलोमिटर,कन्तिलोकपथ जितपुर चोकबाट दक्षिण पट्टि रानिडाडा हुदै ३.५ किलोमिटर , कान्तिलोक पथ इन डाडा फास्टट्राक हुदै रानिसेरा स्कुल गेट अगाडी बाट १ किलोमिटर र हेटौडा १८ हर्नामाडी एक्ले खेत बाट ११ किलोमिटर तथा अन्य वैकल्पिक मार्गहरु बाट पनि आउन सकिने अध्यक्ष लो ले बताउनु भयो ।
रात्रि बसाई सहितको साईक यात्रा भएकाले खान बस्न प्रवन्ध मिलाईदिनु भएकोमा सोसाईटिका सबैले वडा अध्यक्षलाई धन्यवाद दिनु भयो साथै वडा अध्यक्ष् ले यो पार्कमा ३० जना सम्मको टिम आउदा खाना र बस्ने मिल्ने व्यवस्था रहेको समेत बताउनु भयो । साथै पर्यटको पर्खईमा रहेको यो पार्कमा आम मकवानपुरगढी बासि, जिल्ला बासि तथा आसपासका जिल्ला मानिसहरुलाई एक पटक पर्यटन प्रवर्धनमा टेवा पुराउनको निम्ति यस पार्कमा घुम्नको निम्ति पनि अपिल गर्नु भयो ।

