आजदेखि पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै

हेटौंडा टुडे
२२ माघ २०८१, मंगलवार ११:५३

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो ।नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*