हिमालयन राइडर्स सोसाइटीका २५ जना साइकल यात्रीले गरे मरणोपरान्त आँखा दानको घोषणा

हेटौंडा टुडे
२४ माघ २०८१, बिहीबार १९:१४

हेटौंडा । हेटौंडामा २५ जनाले सामुहिक मरणोपरान्त आँखा दान गरेका छन् ।  आँखाको दृष्टि गुमाएर अन्धकारमय जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दानलाई उत्प्रेरित गर्न हिमालयन राइडर्स सोसाइटीले सामूहिक घोषणा गरेको हो  ।  सोसाइटीका २५ जना सदस्यले मराणेप्रान्त आँखादान गर्ने गरी एकसाथ घोषणा गरेका हुन् । एक कार्यक्रमको  अवसर  सोमबार पारेर सोसाइटीका २५ जनाले आँखादान गर्ने प्रतिबद्धता जाहेर गरी सामुदायिक आँखा केन्द्र हेटौंडामा हस्ताक्षर सहितको फर्म बुझाएका हुन् ।

सोसाइटीका अध्यक्ष राजु थापामगर, संस्थापक अध्यक्ष चेतनाथ आचार्य, सल्लाहकार भानुभक्त आचार्यलगायत २५ जनाले मरणप्रान्त आँखादान गर्ने घोषणा गरेका हुन् ।

आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी आँखा दानलाई उत्प्रेरित गर्न सामूहिक प्रयास गरिएको अध्यक्ष थापा मगरले बताए । साथै हाल यस सस्थामा हेटौडा उपमहानगरपालिकाका  उपमेयर राजेश बानियाले  पनि सदस्यता लिन भएको सोसईटिका अध्यक्ष थापाले बताए ।

आखाफ दाना गर्ने हरुको नामावली :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*