कुबेरलाई खोज्दै कागज उद्योग अईपुगिन उद्योगमन्त्री तामाङ

हेटौंडा टुडे
३० माघ २०८१, बुधबार १९:१७

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा अवस्थित रहेको कुबेर तिमल्सिनाले सुरु गरेको तिमल्सिना  नेपालि हाते कागज उद्योगमा  बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङले आईपुग्नु भएको छ ।  उद्योगमन्त्री तामाङ तिमल्सिनाको नेपाली हाते कागज उद्योगको निरीक्षणको लागि बुधवार उद्योग पुगेर केराको थामबाट कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् ।

उनले कागज उद्योगको प्रवर्धन गर्दै, प्रदेश सरकारबाट आवश्यक सामग्री र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री तामाङले कागजको निर्माणलाई थप प्रोत्साहन गर्दै, नेपाली हाते कागजको प्रयोगलाई बढावा दिनका लागि मन्त्रीस्तरीय बैठकमा यस विषयमा छलफल गर्ने जानकारी दिइन् । गढि गाउँपालिका–३ कुबेर तिमल्सिनाले युट्युब मार्फत सिकेर केराको थामबाट कागज उत्पादन गर्न थालेका छन् । डेढ महिनाअघि ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन थालेका तिमल्सिनाले हालसम्म ७ लाख लगानी गरिसकेका छन् र १ लाखको कागज विक्रि पनि गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*