हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन

हेटौंडा टुडे
१२ फाल्गुन २०८१, सोमबार १६:२५

 

हेटौंडा ।  हेटौंडा ५ सिचाईँ टोलस्थित हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ। हेटौंडा  – ५ सिचाईँ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवमा १३ लाख २० हजार रकम संकलन भएको सोमबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष इन्दिरा डल्लाकोटिले जानकारी दिए ।

ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा भएको उक्त सप्ताहमा संकलन रकमबाट ७ लाख ५० हजार पण्डितहरुलाई पठाइएको र २ लाख ५० हजार अन्य खर्च गरि १० लाख ३६ हजार खर्च भएको अध्यक्ष डल्लाकोटीले बताइन् । अक्षयकोषमा २ लाख ८३ हजार जम्मा भएको उनले जानकारी दिइन् ।पछिल्लो समय आर्थिक मन्दीको कारण बालगृह सञ्चालनमा समस्या हुने अवस्था आएपछि दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको थियो ।

८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २७ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।सप्ताह १ गतेदेखि सुरु भएर ९ गते समापन भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला उपाध्यक्ष रहेकी इन्दिरा डल्लाकोटीले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेकी छिन् । सोमबार पत्रकार सम्मेलन मार्फतनै हाम्रो घर बालगृहकि अध्यक्ष इन्दिरा डल्लाकोटीले पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

सामाजिक सेवामा नै समर्पित हुने योजनाले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेको उनले पार्टी छोडेको बताइन् ।पार्टीमा लागेको कारण बालगृहमा समेत असर परेको कारन पनि पार्टी छोडेको उनले बताइन् ।३० वर्षदेखि डल्लाकोटी पार्टीमा सक्रिय थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*