ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

हेटौंडा टुडे
२०८१ फाल्गुन १५, बिहीबार १२:१४ गते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको हो।

बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिँडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा निर्मलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएइको छ।

मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन्। उनको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*