हेटौंडा। ललितपुरको टिकाथलीमा बोरिङ खनेर पानी निकाल्न खोज्दा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएको हो । पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको छ। स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाएका थिए । पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ ।
अहिले त्यहाँ प्रहरी टोली पनि पुगको छ । भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ । यसको कारण पुष्टि हुन बाँकी छ ।
सेयर गर्नुहोस्






















