
हेटौंडा। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ। मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध गर्ने समय दिउँसो ४ बजे सम्म तोकिएको छ। त्यसपछि बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। मंगलबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
त्यसैगरी हेटौंडाका क्यम्पस हरुमा पनि उम्मेदवारी दर्ता गरेका छन्। चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । प्रमुख ३ संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसँगै एकजना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक र स्नात्तकोत्तर तहको पठनपाठन हुने मकवानपुर बहुमुखी क्याम्पसमा २ हजार ६ सय ९८ जना मतदाता विद्यार्थी रहेको जनाएको छ।
त्यस्तै स्ववियु निर्वाचनमा हेटौंडा ४ स्थित हेटौंडा क्यम्पसमा अनेरास्ववियु, अखिलक्रान्तिकारी र नेविसंघ गरेर तिन संगठनले उम्मेदवारी दर्ता गरेका छन।

