
हेटौंडा। युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल २३ रनले हारेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले युगान्डासाग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि नेपाल हङकङसँग २ रनले पराजित हुँदा आयोजक युगान्डालाई १ विकेट हराएको थियो ।


सेयर गर्नुहोस्