तीर्थयात्रमा हिडेको स्कर्पियो दुर्घटना हुदा चारजनाको मृत्यु

हेटौंडा टुडे
२०८१ चैत्र १५, शुक्रबार ११:४८ गते

तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ । बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको गाडी भारतको बहराइचमा दुर्घटना भएको हो। तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित चार जनाको मृत्यु भएको छ।दुर्घटनामा तुलसीपुर–७ की ८० वर्षीय वृद्धाको पनि मृत्यु भएको छ। अरू दुई जनाको नाम खुलेको छैन।

गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*