ज्ञानेन्द्र शाहले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइयो

हेटौंडा टुडे
२०८१ चैत्र १७, आईतवार १३:४८ गते

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेपछि हुलाबाट पठाइएको छ।आइतबार बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका थिए।

त्यसपछि महानगरले हुलाकबाट जरिवानाको पत्र निर्मलनिवास पठाएको हो।

तीनकुने क्षेत्रमा ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै आन्दोलनका क्रममा भएको फोहोर र सार्वजनिक सम्पत्तिमा  तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*