मकवानपुरगढीमा चितुवा र बाघको ‘मुभमेन्ट’, सतर्क रहन आग्रह

हेटौंडा टुडे
२०८१ चैत्र १८, सोमबार ११:३८ गते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५र ६ आसपासको वडामा बिगत केही दिनदेखि चितुवाको मुभमेन्ट देखिएकोले सतर्क रहन स्थानीय आग्रह गरिएको छ। केहि दिन अगाडि मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा पनि एउटा कुकुर खाएको र अर्को कुकुर घाईते अवस्थामा फेला परेको स्थानियले बताएका थिए। गोठमा बाँधेको गाईको बाच्छोलाई आक्रमण गरि मारेको समेत बताइएको छ । यसरी पटकपटक घरपालुवा जनावर माथि आक्रमण हुन थालेपछि त्यहाका बासीहरु त्रसित भएका थिय। स्थानीयवासीहरुले टर्च बालेर खोज्दा बाघ झै जनावर देखिएको बताएका हुन् । त्यसैगरी अहिले फेरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५र ६ का आसपासको वडामा पनि चितुवा र बाघको मुभमेन्ट देखापर्न थालिइको छ।
त्यस्तै सब-डिभिजन वन कार्यालय मकवानपुरगढीले आधिकारिक फेसबुक मार्फत पनि बिगत केहीदिन देखी मकवानपुरगढीका क्षेत्रमा चितुवा र बाघको मुभमेन्ट देखापरेकोले बिहान बेलुका एक्लै हिँडडुल गर्दा सचेत रहन अनुरोध गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*