कैलाशमा घरेलु, लैङ्गिक हिंसा न्यूनिकरणबारे सचेतना कार्यक्रम

हेटौंडा टुडे
२०८१ चैत्र २१, बिहीबार ११:२३ गते

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा सामाजिक विभेद तथा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम भएको छ । बुधबार लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले घरपरिवार, समूदाय र समाजमा विभिन्न खाले हिंसाहरु हुने गर्दछ, तर हिंसा कस्तो खालको हो, ती सम्पूर्ण हिंसाबारे जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताए । हिंसा पश्चात हुने त्यसको कानूनी उपचार केके छन् भन्ने बारे यस तालिमबाट प्रष्ट हुने बताए ।
वडा तहमा मेलमिलापकर्ता रहेका छन् भने गाउँपालिकामा न्यायिक समिति पनि रहेको अवस्था छ । समाजमा हुने हिंसाका कानूनी उपचारहरु ती ठाउँमा बसेर अघि बढ्न सकिने अध्यक्ष मुक्तानले बताए । कानूनी पक्षहरु बारे जानकारी लिएर गाउँठाउँमा हुने घटनाहरुमा यहाँहरुले पनि घटनाको प्रकृति हेरेर कानूनी उपचारको बाटो देखाउनुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, कार्यक्रमका प्रशिक्षक अधिवक्ता पम्फा पुरी, शाान्तिश्रृजना आधारभूत प्राविका अध्यक्ष कमल अर्याल, विद्यालयका प्रअ मोहनलाल शिवाकोटी, देवी प्राविका अध्यक्ष जनक लोप्चन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा किशोरी र महिलाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*