बालेनशाहलाई उपमेयर सुनिताको चेतावनी – कोठामा बसेर निर्देशन मात्रै दिएर हुँदैन

हेटौंडा टुडे
२०८१ चैत्र २१, बिहीबार १४:३४ गते

हेटौंडा। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कोठामा बसेर निर्देशन मात्रै नदिन प्रमुख बालेन शाहलाई चेतावनी दिएकी छन्। आज (बिहीबार) वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि उनले यस्तो बताएकी हुन्। गुरागाईं कार्यालय पुगेकै दिन मेयर बालेन साह र उपमेयर सुनिता डंगोलबीच चर्काचर्की परेको छ।

प्रमुख शाहबिना नै अनौपचारिक बैठक सञ्चालन गरिएको थियो। उनले गुरागाईंलाई हाजिर गर्न दिनुपर्ने माग गरिन्। उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन मात्र पाइँदैन।’

सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए। तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता उनी निलम्बनमा परेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*