नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीले निकाल्यो

हेटौंडा टुडे
२०८१ चैत्र २७, बुधबार १४:४४ गते

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ । ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको छ ।

दुवै बालबालिका नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो ।   स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः ३० बजे र दिक्षाको शव  ५० फिट गहिराइबाट अपराह्न १२ः ३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*