चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

हेटौंडा टुडे
२०८१ चैत्र २९, शुक्रबार ११:१७ गते

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ ।चट्याङको असरका कारण कृष्णमाया बेहोस भएको आफन्तले बताएका छन् । उनीहरुकोवडा नम्बर २ डाँडागाउँमा रहेको  आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*