‘प्रचण्ड’ले जनताका समस्या समाधान तर्फ केन्द्रित हुन सरकारलाई अनुरोध

हेटौंडा टुडे
२०८१ चैत्र ३१, आईतवार १२:३४ गते

हेटौंडा ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ । आज  पत्रकारसँग कुरा गर्दै उहाँले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*