खाने तेलको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख ३, बुधबार १५:१७ गते

हेटौंडा । स्थानीय बजारमा खानेतेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघले वैशाख १ गते सार्वजनिक गरेको खुद्रा मूल्यसूचीअनुसार खाने तेलको मूल्य घटेको हो ।संघले सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको जनाएको छ ।

बजारमा भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको खाने तेल किन्न पाइन्छ । भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।१५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो भने भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*