
हेटौंडा । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै मे १ छ ३०११ नम्बरको बोलेरो जिपमाथि ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको तारले छुदा गाडीमा आगो लागेको थियो। बिजुलीको पोल ढलेर करेन्ट लाग्दा चालकसहित ४ जनाको मृत्यु भएको ताप्लेजुङका प्रहरीले जनाएका छन् । ४ जनाको शव डढेको अवस्थामा गाडिबाट निकालिएको थियो। घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगीएको छ।
मृत्यु हुनेमा गाडी चालक दुर्गा भट्टराईको मात्र शनाखत भएको र अन्यको हुन नसकेको जनाइएको छ । घाइतेको उद्धारगरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको हो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


सेयर गर्नुहोस्