हेटौंडाबाट अवैध रूपमा गाईगोरु ढुवानी : ट्रक नियन्त्रणमा, चालक फरार

हेटौंडा टुडे
२०८२ बैशाख ९, मंगलवार १२:४४ गते

हेटौंडा।मकवानपुर प्रहरीले अवैधरुपमा ढुवानी गरिरहेको गाईगोरु नियन्त्रणमा लिएको छ।  हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेष्ट्री क्याम्पस अगाडिको पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान करिब ५ बजे अवैध रूपमा गाईगोरु ढुवानी गरिरहेको एक ट्रक नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार फरेष्ट्री क्याम्पस अगाडि सडक खण्डमा बा.प्र.०३-००१ख १२२० नम्वरको आएचर ट्रक प्रहरी चेकजाँच गर्ने क्रममा ट्रक चालक सवारीसाधन छोडी भागेका थिए।

टोलीले ट्रकको चेकजाँच गर्दा कुनैपनि भेटनरी कागजातबिनै ८ वटा गाई र ७ वटा गोरु अवैध रूपमा ढुवानी गरिरहेको भेटिएको हो। पशु सेवा ऐनअनुसार बिना अनुमति तथा स्वास्थ्य परीक्षण कागजात गाईगोरु ढुवानी गर्नु गैरकानुनी मानिन्छ। यसअघि पनि मकवानपुर क्षेत्रबाट पटक–पटक गाईगोरु अवैध रूपमा ढुवानी भइरहेका घटना सार्वजनिक भइसकेका छन्।

प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ । साथै, गाईगोरु तस्करीमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाइएको छ। उक्त गाईगोरुहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ट्रकसहित पशुसेवा केन्द्र कार्यालय हेटौडामा बुझाईएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*