
डोटीमा आज बुधबार मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायलमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालकसहित तीन जनाको मृत्यु भएको हो ।
बुधबार बिहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीसहित तीन जना रहेका छन् । दुई जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सेयर गर्नुहोस्