जिपको ठक्‍करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख १२, शुक्रबार १६:३६ गते

चितवनमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।​ गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ च २६४४ नम्बरको जीपले ना ४५ प १७९५ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो । घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*