मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृत दिलकुमार लिम्बू शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे मकवानपुर रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्


















