हेटौंडा । बर्षाको कारण हेटौंडा काठमाडौ सडक खण्ड अन्तर्गत कान्तिलोक पथ अवरुद्ध भएको छ । आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएकाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए। आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सडक सवारी अवरूद्ध भएको हो ।
सेयर गर्नुहोस्






















