हेटौंडा । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका- १२ तिल्कीमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन् । दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जानकारी दिएका हुन।। गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार बताएका छन। प्रहरीले घटनाबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेको जानकारी दिएका छन।
सेयर गर्नुहोस्






















