कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख २१, आईतवार १२:४१ गते

हेटौंडा ।रौतहटमा आज बिहान कार र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा बाबुछोरीको ज्यान गएको छ। रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो। हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका– ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर  गम्भीर घाइते भएका थिए । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएका हुन। त्यस्तै मोटरसाईकलको पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे  डक्टरले मृत घोषणा गरेको  जानकारी दिएका छन ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*