धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १४ जना यात्रु घाइते भएका छन। यात्रुले भरिएको बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो । भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल झरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो । भुजेलको बिहान पौने १२ बजे धनुकटा जिल्ला अस्पतालमा ज्यान गएको हो । घटनामा १४ जना घाइते भएकोमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















