मकवानपुरको इन्द्रसरोवरमा भिडबाट लडेर एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख २४, बुधबार १२:२२ गते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–१दलसंहमा  भिरबाट लडेर स्थानीय अन्दाजी ६० वर्षिया रबिमाया भोम्जनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।
उनी मंगलबार साँझ पसलमा सामान  किन्न गएको र  अबेर राति सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा भिरखर्कको बाटोमा लडेर मृत्यु भएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका  हुन । घटनास्थलको प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*