हेटौंडा । बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छबीसपाथिभेरा गाउँपालिका- ४ झुतेडाका ३२ वर्षीय केशर खत्री छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















