रविका कानुन व्यवसायीले उठाए इजलासमाथि प्रश्न

हेटौंडा टुडे
२०८२ जेष्ठ २, शुक्रबार १५:०१ गते

हेटौंडा । पेशीबारे जानकारी नै नदिई मुद्दाको सुनुवाइ गरेको भन्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् । उच्च अदालत पोखरामा आफूहरूलाई जानकारी नै नदिई जेठ १ गते  (बिहीबार)का लागि पेशी तोकिएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन् ।

कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध चर्को धरौटी माग गरेको भन्दै आदेश बदरका लागि लामिछाने उच्च अदालत गएका थिए । यस्तै, सरकारी वकिलको कार्यालय र जाहेरवालाले पनि धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए । त्यसमाथि बिहीबार सुनुवाइ राखिएको थियो । लामिछाने पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै प्रश्न गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*