डाइभर्सन बाढीले बगाउदा कान्ति लोकपथ फेरि अवरुद्ध, एकतर्फी संचालनमा

हेटौंडा टुडे
२०८२ जेष्ठ ५, सोमबार १०:३८ गते

हेटौंडा । सोमबार बिहान देखि परेको पानीले डाइभर्सन बगाउँदा अवरुद्ध बनेको कान्तिलोकपथ एक तर्फी संचालनमा आएको छ । लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८, बगुवा पुलमा बनाइएको डाइभर्सन बगाउँदा सडकखण्ड अवरुद्ध बनेकोमा मर्मत पछि एक तर्फी संचालनमा आएको जनाइएको हो ।  असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलाबाट डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको थियो। खोलामा ह्युमपाइप राखेर बनाएको डाईभर्सन बगाएको जनाइएको छ । यस अघि पनि बैशाख २१ गते डाइभर्सन बगाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*