आज मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८२ जेष्ठ ५, सोमबार ११:०८ गते

हेटौंडा । आज पनि मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएपनि बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने विषय भने टुंगो लागेको छैन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।  मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ ।  कांग्रेस र  एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*