बस र कार आपसमा ठोकिदा १ जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ ९, शुक्रबार १०:४६ गते

हेटौंडा । चितवनमा आज शुक्रबार बिहान बस र कार आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ। बिहान १:४५ बजे चितवनको खैरहनी नगरपालिका-२, ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्। चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा बिहान ३ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको चितवनका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका हुन। अहिले बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*