नारायणी नदीमा माछा मार्न जाँदा नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नारायणी नदीमा माछा मार्न गएका गैँडाकोट नगरपालिका-७ का ४० वर्षीय यमलाल दराई मृत भेटिएको हो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार शुक्रबार राति दुई जना साथी गैडाकोटको थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका दराई नदीले बगाएर बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा आइतबार बिहान मृत अवस्थामा थुम्सी नजिकै नारायणी किनारमा शव फेला परेको हो । निवासी दरै ४० वर्षका थिए । शब पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्






















