मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

हेटौंडा टुडे
२०८२ जेष्ठ १३, मंगलवार १०:०१ गते

हेटौंडा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मध्यविन्दु नगरपालिका–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो।बर्दघाट नगरपालिका–५ घर भई मध्यविन्दु–७ बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। घाइते लाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*