तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकी एनी कुँवर रिहा भएकी छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले कुँवर संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनी आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेकी छिन् । पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यस भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक पनि भएको थियो । प्रहरीले २५ चैतमा पक्राउ गरेर कुँवरमाथि अनुसन्धान थालेको थियो ।
सेयर गर्नुहोस्






















