प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, संसद् अवरोध हटाउनेबारे छलफल

हेटौंडा टुडे
२०८२ जेष्ठ १४, बुधबार ११:५३ गते

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। पछिल्लो समय निकै विवादित बनेको भिजिट भिसा प्रकरण र त्यससँग जोडिएको राजनीतिक तनावकाबीच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। उनीहरुबीच छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका छन्। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गर्ने कार्यतालिका छ।

बिहीबार सरकारले आव २०८२/८३ को बजेट ल्याउँदैछ। भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले बजेट र संसद्‍मा उठेका विषय सम्बोधन सत्तारुढ दुई दलबीच छलफल भएको हो। सरकारले विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*