सुख्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

हेटौंडा टुडे
२०८२ जेष्ठ १५, बिहीबार १०:४७ गते

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा बाटो पुर्ण रुपमा अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।  यो सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीचबाटोमै रोकिएका छन्। कान्ति लोकपथ काठमाडौँ– हेटौँडा आवतजावत गर्ने छोटो दूरीको मार्ग हो । अवरुद्ध सडक खुलाउन कान्ति राजमार्ग सडक आयोजनासँग समन्वय भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*