पुलबाट मोटरसाइकल खोलामा खस्दा एक युवकको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ २०, मंगलवार १३:१३ गते

सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । तर, रायको उपचारका क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी ले जानकारी दिएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*