हेटौंडामा मनाइयो विश्व वातावरण दिवस

हेटौंडा टुडे
२०८२ जेष्ठ २३, शुक्रबार ११:५८ गते

हेटौंडा । ‘प्लाष्टिकमुक्त हेटौँडा, हरियालीयुक्त नगर’ भन्ने नाराका साथ हेटौँडामा बिहीबार विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विभिन्न सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको हो ।

बुधबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत र्याली तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेर यो दिवस मनाएका हुन् । हेटौंडामा ५२ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर कोणसभामा परिणत भएको थियो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले हेटौँडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने प्रतिवद्धता दोहोर्याइन् । उनले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउँदै नगरपालिकाले आवश्यक बजेट र नीतिमा सहयोग पु¥याउने बताइन् ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री माननीय कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समारोहमा विशेष अतिथि प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, नगर उपप्रमुख राजेश बानियाँ, नेकपा एमाले मकवानपुरकी सीता विष्ट, वडा अध्यक्षहरू वडा नं. १ का सबिन न्यौपाने, वडा नं. २ का विष्णु गोपाल महर्जन, वडा नं. ४ का नबिन सिग्देल, वडा नं. ८ का रामकृष्ण थापा, वडा नं. १० का फुर्बा दोर्जे लामा, वडा नं. ११ की जुना दाहाल, वडा नं. १७ का उद्धव सत्याल, वडा नं. १८ का अनिल कुमार बानिया, र वडा नं. १९ का नरनाथ सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकैबीच टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२, ८, ९, ११, डिभिजन वन कार्यालय मकवानपुर, चन्द्रोदय मा.वि., पशुपति हेल्थ क्लब, वन विज्ञान संकाय, सामुदायिक विकास तथा सचेतना नेपाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर, संयुक्त मधेसी सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, जीवन शर्मा, निश्चल भट्ट, छेगुन लामा, सुरेश लामिछाने, ईशा शर्मा लगायतलाई प्रशंसा पत्र प्रदान गरियो ।
सप्ताहव्यापी कार्यक्रमका संयोजकहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*