
हेटौंडा । आज शुक्रबारदेखि हलमा ‘महाभोज’ फिल्म प्रदर्शनमा आएको छ। जेठ १५ गतेबाट प्रदर्शनमा आउने भनिए पनि त्यही दिन काठमाडौंमा राजावादी र एमालेको आन्दोलन हुने भएपछि दुई दिनअगाडि यो चलचित्रको रिलिज रोकिएको थियो । दिनेश राउत निर्देशित चलचित्रले देशभर करिब २०० शो पाएको निर्माणपक्षले जनाएको छ ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा बचत गरिएको रकम अपचलन हुँदा यसले बचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा फिल्ममा देख्न सकिन्छ ।
‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।


सेयर गर्नुहोस्