गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

हेटौंडा टुडे
२०८२ असार २, सोमबार १४:०० गते

हेटौंडा । गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको हो।  कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरीले जानकारी दिएको हो । कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*