पौडी खेल्न जादा नदीमा डुबेर एक पुरुषको मृत्यु

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार ११:२७ गते

हेटौंडा । कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–७ रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो । मृतक चौधरी बुधबार नदीमा पौडी खेल्न गएका थिए। त्यसै क्रममा घोडघोडिया नदीमा डुबेका हुन । चौधरी नदीमा डुबेपछि इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बिओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेका थिए। खोजतलासको क्रममा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*