बढ्दै कोरोना भाइरस, सात दिनमा ३० जना सङ्क्रमित

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार १४:३१ गते

हेटौंडा । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटट्दै गएको बताएका छन । नेपाल–भारत सीमाको सिमाना पर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएको हो  ।
अहिलेसम्म १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए। सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बिनी प्रदेशमा समान तीन(तीन जनामा सङ्क्रमण देखिएको छ ।
इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसको सङ्क्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिएका छन । सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको बताइएको छ । त्यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको जनाएको छ । त्यसका साथै कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिकलाइ धेरै जोखिम रहेको बताएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*